|

काठमाडाैं : यातायात व्यवस्था कार्यालयमा दैनिक पाँचदेखि १० चालक अनुमतिपत्र फर्जी भेटिएको छ। कार्यालयमा रहेको अभिलेखमा नभेटिएका फर्जी चालक अनुमतिपत्र रद्द गरिएको हो। 

चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख नदेखिएपछि रद्द गरिने कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताउए। सेवाग्राहीले जानेर वा अञ्जानमा त्यस्तो चालक अनुमतिपत्र बनाएको उनले बताए। चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा अनुमतिपत्र सही हो होइन भनी छुट्याइने गरिएको छ। सूचीमा नभएका फर्जी चालक अनुमतिपत्र नवीकरण गर्न आउने शुरुमा फर्जी हो भनेर स्वीकार गर्न नचाहने उनले बताए। 

कार्यालयले अभिलेखमा नपाइएको भन्दै प्रहरीलाई खबर गर्ने भनेपछि उनीहरूले आफैँ रद्द गर्न निवेदन दिने गरेका छन्। उनले भने, 'पहिले सक्कली हो भनेर दाबी गर्ने व्यक्ति पछि निवेदन दिन तयार हुन्छन्।' यातायात व्यवस्था विभागले सक्कली हो होइन बुझेर मात्रै नवीकरण गर्दै आएको छ।

कार्यालयले त्यस बखत चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण का आधारमा चालक अनुमतिपत्र सही हो होइन छुट्याउने गरेको छ। कार्यालयमा कतिपय अभिलेख व्यवस्थित नहुँदा भने समस्या आउने उनको भनाइ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.