|

दोहा : साउदीमा कामदारले रोजगारदाता छाडेर अर्को कम्पनीमा काम गर्नेक्रम बढ्न थालेपछि साउदी अरबले करार अवधि नसकी रोजगारदाता छाडेर अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने कानून ल्याएको छ। 

साउदी पुगेको केहि दिनमै कम्पनी राम्रो नरहेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको ,मेसको खानाले आफूलाई सञ्चो नगरेको, बिरामी हुँदा कम्पनीले उपचार नगरेकोलगायतका कारणहरु देखाइ काम छोड्ने नेपालीहरुको  संख्या पछिल्ला दिनहरुमा बढेपछि साउदीस्थित नेपाली दुतावासले कसैको लहै लहैमा लगेर  काम नछाड्न आग्रह गरेको छ। 

कम्पनी छाडेर भाग्ने कामदारलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवानासमेत तिर्ने नियम ल्याएको साउदी अध्यागमनले जानकारी दिएको दुताबासले जनाएको छ।

बुझ्दै नबुझी वा लहै लहैमा काम नछाड्नु तथा काम र आवासमा रहेर नै समस्या समाधान सहज हुन्छ, छाडेर होइन। गत वर्षहरुको तुलनामा नेपालीहरु चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्नुपरेका र ठूलो धनराशी कम्पनी वा कफिललाई बझाउनु परेका घटनाहरु उल्लेखनीय संख्यामा आउन थालेको प्रति दुताबासको ध्यानाकर्षण भएको जनाएको छ।

२०७६/७७ को प्रथम चौमासिक कार्य विवरण सार्बजनिक गर्दै सो अबधीमा दूतावासले १ सय ६ जना भागेका कामदारलाई स्वदेश  पठाएको,समयमा तलब नपाएका १९ सय २६ जनालाई तलब दिलाएको, एक सय ११ जनालाई बहिगर्मन भीसा दिलाएको, १३ सय ७६ कामदारको अकमा (परिचयपत्र) नवीकरण गरेको र साथै सोहि अबधिमा  ९ हजार कामदारले टेलिफोनबाट आफ्ना समस्या टिपाएको दुताबासले जनाएको छ। 

यस अवधिमा विभिन्न सेवा प्रदानबाट नेपाली राजदूतावासले साउदी रियाल २२,४७,९२४ राजश्व संकलन गरि परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारको खातामा जम्मा गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.