|

काठमाडौं : वैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपाली मृत्यु गएको छ। करिब २ वर्षअघि कुवेत पुगेका नुवाकोटका २५ वर्षीय प्रजय तामाङको सुतिरहेकै अवस्थामा मृत्यु भएको हो।

अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा सामान्य कामदारका रूपमा आएका प्रजय पछिल्लो समय भने कम्पनीबाट भागेर अवैध रूपमा काम गर्दै आएका थिए।

माबुल्लाको ब्लक २ स्थित आफ्नै कोठामा उनले अत्याधिक मादक पदार्थ सेवन गरेर सुतेका बताइएको छ। बिहान उठेर हेर्दा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनीसँगै बस्ने साथीले बताए।  यद्यपि उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलेको छैन्।

मृतकको शव पोस्टमार्टमका लागि कुवेत प्रहरीले फर्वानिया हस्पिटलमा पठाएको छ। घटनाबारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको तर पोस्टमार्टमको रिपोर्ट अझैसम्म सम्बन्धित निकायबाट प्राप्त भइनसकेको कुवेतस्थित नेपाली दूतावासकी द्वित्तीय सचिव जानकी ओझाले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.