भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
आइतबार १० बजेसम्मको मतगणनाअनुसार चाँगुनारायणका ९ वटा वडाको मत गणना भइसकेको छ। जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३०८३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले १०६९४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन्। अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ९ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए। अब भक्तपुर नगरपालिका वडा न १० को मात्र मतगणना हुन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।