|

काठमाडौं : नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो।

क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको हो।

कामदार माग र जाने प्रकियाबारे मलेसियास्थित नेपाली दूतावासको विज्ञप्ति पढ्नुस् :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.