|
जुडोबाट स्वर्ण विजेता पुनम श्रेष्ठ। तस्बिर : थाहाखबर

काठमाडौं : १३०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङबाट नेपालले २ स्वर्ण जितेलगत्तै जुडोले पनि सोमबार स्वर्ण पदक जितेको छ। 

जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन्। पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन्। 

पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन्। 

नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो। यसअघि जुडोको ५२ केजीमुनिको भिडन्तमा देविका खड्काले पहिलो स्वर्ण पदक जिताएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.