|

बुटवल : बाँकेको कोहलपुरमा विद्यार्थीमाथि प्रशासनले गरेको दमनको विरोधमा नेपाल विद्यार्थी संघ(नेविसंघ) रूपन्देहीले मंगलबार बुटवलमा विरोध प्रदर्शन गरेको छ। नेविसंघ रूपन्देहीको आयोजनामा जिल्लाका विभिन्न क्याम्पसका इकाइले विद्यार्थीमाथि प्रशासन कठोर देखिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

विद्यार्थीले ‘प्रहरी दमन बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ अंकीत प्ले कार्ड तथा ब्यानरहरू बोकेर नाराबाजी गरेका थिए। सो कार्यक्रममा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेजलगायतका विद्यार्थीको सहभागिता रहेको थियो।  अस्पताललाइनबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा विद्यार्थी नेताहरू मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाया पोख्रेल, महेश शर्मालगायतले बोल्दै सरकारले संविधानविपरीत कदम चालेको भन्दै दमनको कार्यशैली परिवर्तन गर्न माग गरे। त्यस्तै, कोणसभामा बोल्दै नेविसंघका नेताहरूले सरकारको लाचारीपनका कारण अबोध विद्यार्थीले ज्यादती  खेप्नुपरेको बताए। उनीहरूले सरकारले विद्यार्थीमाथि गरेको दमन माफी गर्न लायक नभएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.