|
तस्बिरहरु: बिनोद अधिकारी,अमेरिका

काठमाडाैं : अमेरिकामा रहेका नेपालीले भारतीय विस्तारवादविरुद्ध प्रदर्शन गरेका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भू-भागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा अमेरिकामा रहेका नेपालीले ह्वाइट हाउसअघि प्रदर्शन गरेका हुन्।

अतिक्रमणको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीले प्रदर्शन गरेका हुन्। कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराएका थिए।

नेपालीले लिम्पियाधुरासहितकाे नेपालकाे नक्सासमेत सार्वजनिक गरेका थिए। उक्त प्रदर्शनमा महावाणिज्यदूत प्रेमराजा महत, लोक गायक रामप्रसाद खनाललगायत गैरआवसीय नेपाली संघका पदाधिकारीको सहभागिता रहेको थियो। प्रदर्शनमा नेपालीले  कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया भन्दै नारा लगाएका थिए।  

नेपालीले उक्त प्रदर्शनीको अडियो भिडियोसहित भारतीय, ब्रिटिश, नेपाली दूतावास र अमेरिकी इष्टेट टिपार्टमेन्ट र एशिया क्षेत्र हेर्ने ककससम्म बुझाउने तयारी गरेका छन्। 

फोटोहरू: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.