|

बोस्टन : काठमाडौंबाट अध्ययनका लागि अमेरिकाको कनेटिकट आएका एक युवा घाइते भएपछि उनको उपचारका लागि सहयोगको आह्वान गरिएको छ । बूढानिलकण्ठ नगरपालिका–११ (तत्कालिन कपन गाविस–९)  घर भएका २३ वर्षीय सुरज खड्का कनेटिकटमा उपचाररत छन् ।

उनी कनेटिकट राज्यस्थित साउदर्न कनेटिकट स्टेट युनिभर्सिटीमा कम्प्युटर साईन्स विषय अध्ययन गर्दैछन्। उनको पढाई सकिन ६ महिना बाँकी छ । गत नोभेम्बर २६ बेलुकाको खाना बनाउँदै थिए । 

बैठक कोठामा राखेको मेचमा उनी अल्झिएर भुँईमा पछारिए । लड्ने बित्तिकै उनको दुवै हात र खुट्टा चलेन। उनलाई अस्पताल लगियो। डाक्टरका अनुसार उनको मेरुदन्डमा गम्भिर चोट लागेको छ । ६ घण्टा लामो शल्यक्रियापछी उनलाई रिह्याबमा राखेर थेरापी गरिदैछ। उनको हात अहिले चल्न थालेको छ। खुट्टा अझै चलेको छैन्। उनको उपचारका 'सोसाइटी अफ नेपालिज इन अमेरिका' (एसएनए) ले सहयोगको आह्वान गरी गो फन्डमा खाता खोलेको छ। ३० हजार डलर आह्वान गरिएकोमा आइतबार साँझसम्म करिब ५ हजार ४ सय डलर उठेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.