खेलकुद

शहीद महिला गोल्डकप : मोरङ र धनकुटा फाइनलमा

माघ ६, २०७६

    धनकुटा : धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन्।

    सोमबार सम्पन्न सेमिफाइनल खेलमा मोरङ फुटबल क्लब र धनकुटा फुटबल क्लब विजयी हुँदै फाइनल प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत भएको सेमिफाइनल खेलमा मोरङले कन्काइ फुटबल क्लब झापालाई र धनकुटाले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

    धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबले कन्काई फुटबल क्लब झापालाई टाइ बेकरमा २–१ गोलअन्तरले पराजित गरेको हो। मोरङ र झापाबीच सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको थियो।

    निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मोरङकी मुना मगरले खेल सुरु भएको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्। खेलको दोस्रो हाफको चौथो मिनेटमा झापाकी कुशुम खतिवडाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन्। त्यसपछि दुवै तर्फबाट पटकपटक पाएको मौका गुमाउँदा खेल टाइ ब्रेकरमा धकेलिएको थियो।

    टाइबेकरमा मोरङका मुना मगर र मनिषा विष्टले गोल गरे भने झापाकी सम्झना लावतीले गोल गरिन। मोरङकी इमा राईको प्रहार झापाकी गोलकीपर छत्रिका चौधरीले रोकेकी थिइन्। त्यस्तै कोपिला धिमालको प्रहार बाहिरिएको थियो। यता झापाकी जुनु मगर र सरिता शेर्पाको प्रहार मोरङकी गोलकिपर कल्पना क्षेत्रीले रोकेकी थिइन भने प्रिया कार्की र कुशुम खतिवडाको प्रहार बाहिरिएको थियो। खेलको वुमन अफ द म्याच मोरङकी कल्पना क्षत्री घोषित भइन्। 

    यस्तै सोमबार नै सम्मन्न दोस्रो सेमिफाइनल खेलमा धनकुटा फुटबल क्लबले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई १–० गोलअन्तरले पराजित गरेको छ। खेलको दोस्रो हाफको २४ औं मिनेटमा धनकुटाकी सध्या रम्तेलले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाइन र सोही गोल खेलको निर्णायक गोल भएको थियो।

    खेलमा ताप्लेजुङ पटकपटक पाएको मौका गुमाउँदा पराजय भएको थियो। खेलको वुमन अफ द म्याच धनकुटाकी सध्या रम्तेल घोषित भइन्। प्रतियोगिताअन्तर्गत मंगलबार फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश १ का विभिन्न ८ टिमको सहभागिता रहेको थियो।

    प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैयाँसहित गोल्ड कप, मेडल र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। वि.स. २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र र उनका परिवार सवारी हुँदा आन्दोलन गर्ने क्रममा  बम प्रहार गर्दा साहदत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो।

    शहीद घोषणा गरेकै दिनको अवसर पारेर धनकुटामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]