|

काठमाडौं : राजधानीमा जारी पाँचौ आरबिबी महिला क्लब च्याम्पियनसिपअन्तर्गत साविक विजेता एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपाल आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो। खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५-१०, १९-२५, २५-१८ र २५-१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान पक्का गरेको हो। जितसँगै समूह ‘ए’ को एपिएफले समूह चरणमा शतप्रतिशत जित निकाल्न सफल भएको छ। ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्दा उपविजेता बनेको आर्मीले ६ अंक जोड्न सफल भयो।

यस्तै, महिला तर्फको अर्को खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। कभर्डहलमा सम्पन्न दिनको चौथो खेलमा डायमन्डले ढोरपाटनलाई २५-३, २५-१६ र २५-१२ ले हराएको हो। यससँगै न्यु डायमन्ड समूह ‘बी’ को विजेता बन्दा लगातार दोस्रो खेलमा पनि पराजय भोगेको ढोरपाटनको यात्रा समाप्त हुँदा पुलिस उपविजेता बनेको छ।

अब समूह ‘बी’ को विजेता न्यु डायमन्डले समूह ‘ए’ को उपविजेता  विभागीय टोलीसँग आर्मीको सामना गर्दा समूह ‘बी’ को उपविजेता पुलिससँग समूह ‘ए’ को विजेता एपिएफले अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.