|

काठमाडौं : नेपाल वायुसेवा निगम संचालक समितिले रणनीतिक साझेदार भित्र्याउन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। निगम संचालक समितिको गत पुस १९ मा बसेको बैठकले यससम्बन्धी निर्णय गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रक्रिया अगाडी बढाउन सहज गरिदिन आग्रह समेत गरेको छ।

निगम व्यवस्थापन सुधार्न भन्दै बिगत लामो समयदेखि रणनीतिक साझेदार भित्र्याउने पहल हुँदै आएपनि हालसम्म ठोस कदम भने अगाडि बढेको थिएन। निगमले हाल दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रिया अगाडि बढाउनुका साथै अन्य जहाज पनि खरिद प्रक्रिया अगाडी बढाउनुपर्ने भएकोले व्यवस्थापन चुस्त बनाउनका लागि भन्दै निगमले रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु गरेको हो।

निगमले हाल दुई थान वाईड बडी एयरबस ३३०–२०० सिरिजको जहाज खरिद प्रक्रिया अगाडी बढाएको छ। जसको टेन्डर अमेरिकी कम्पनी एएआरआर कर्पोरेसनले जितिसकेको छ। हाल भने निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा जहाज मात्रै रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.