|

सल्यान : सल्यानमा एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। अज्ञात समूहले सल्यान कपुरकोट गाउँपालिका-५ को कार्यालयमा आगजनी गरेको हो।

बुधबार राति अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार बस्नेतले जानकारी दिए। रिम शितल बजारनजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरेको उनले बताए।

वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्रीहरू जलेर नष्ट भएका छ्न्। विहीबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागीबारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए।

‘ढोकाको ताला फोडेरभित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटनाबारे थाहा पाउनासाथ मैले वडा अध्यक्षलाई जानकारी गराएँ’ उनले भने।

पञ्जिकरणका सम्पूर्ण श्रेष्तासहितका महत्वपूर्ण जागजातहरू, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल , कार्पेट, पर्दा, ईन्टरनेटसम्बन्धी सामग्री, दराजलगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको वडा अध्यक्ष बस्नेतले बताए।  

वडा कार्यालयमा कसले र किन आगलागी गर्‍यो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.