|

विश्वप्रसिद्ध अनलाइन सपिङ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउनका निम्ति १४ मिलियन अमेरिकी डलर (झण्डै १ अर्ब ५९ करोड रुपैयाँ) दान गरेका छन्।

ज्याक मा फाउन्डेसनमार्फत यी चिनियाँ धनाढ्यले उक्त रकम दान गरेका हुन्। उक्त रकम चीनका दुईवटा अनुसन्धान संस्थालाई उपलब्ध गराइएको हो। त्यसका अलावा प्राविधिक सहयोग पनि उपलब्ध गराउन लागिएको फाउन्डेसनले जनाएको छ।

चीन, अमेरिका र अष्ट्रेलियाका वैज्ञानिकहरू कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गर्ने कार्यमा जुटेका छन्। अहिले फैलिइराखेको कोरोना भाइरसको जेनेटिक कोड पत्ता लागिसकेकाले छिट्टै भ्याक्सिन तयार हुने अपेक्षा गरिएको छ।

गत पाँच वर्षयता फैलिएका इबोला, जिका, मेर्स लगायतमा भाइरसको समयमै जेनेटिक कोड पत्ता नलाग्दा भ्याक्सिन बनाउन निकै समय लागेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.