पार्करसँग जोडिएको दिनेशको नाता

|

काठमाडौं :  केहि दिन अघि ‘द मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा नयाँ विश्व कीर्तिमान बनाएका छन्। यो सगैँ नेपालका पार्कर खेलाडी दिनेश सुनुवारले आफ्नो नाममा चारवटा विश्व कीर्तिमान लेखाएका छन्।

१ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ विश्व कीर्तिमान बनाएसँगै दिनेशको संघर्षपुर्ण जिवनको सफलता जारी रह्यो। नौ वर्षकै उमेरदेखीनै दिनेश सुनुवार अर्थात पार्कर दिनेशले अनेक स्टन्टको प्रयास गरे। जुन प्रयासनै उनका लागि अहिले विश्व कीर्तिमानको सहयात्रिको हिस्सा बनेको छ।

यसअघिका कीर्तिमान

दिनेशले यसअघि २०१७ मा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल इन वान मिनेट’ मा १८ पटक गर्दे पहिलो विश्व रेकर्ड कायम गरे। त्यस्तै उनले दोस्रो पटक २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा १६ पटक गर्दे दोस्रो विश्व कीर्तिमान बनाए। उनले ३० सेकेन्डमा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा १२ पटक गर्दे तेस्रो विश्व कीर्तिमान बनाएका थिए।

हाल अमेरिकामा रहेका दिनेश थप विश्व रेकर्डको तयारीका क्रममा थिए। जसमा उनले एक सफलता हात पार्न सफल रहे।

संघर्षको जीवनमा स्पोन्सरको साथ

 सुरुवाती दिनमा खेलका लागि संघर्षरत उनले पछिल्लो समय स्पोन्सरहरुको साथपनि पाउन थालेका छन्। सफल्तासँगै तेस्रो रेकर्डका लागि डिआरएन इलेक्ट्रोनिक सँग स्पोन्सर सम्झौता गर्दे आफ्नो अभियानमा अघि बढे। वार्षिक १० लाखका दरले तीनवर्षको सम्झौताले उनमा आर्थिक रुपमा पनि परिवारलाई पाल्न सक्ने आँट आएको बताए। नेपालमा पार्कर खेलको छुट्टै संघ छैन् तर जिम्न्यास्टीक अन्तर्गतनै नेपालमा छिटफुट पार्करको गतिविधि भने हुने गरेको छ।

सामान्य रहरबाट विश्वरेकर्ड सम्म पुग्दाको अनुभव दिनेशले जिवनमा कहिल्यै विर्सन नसक्ने बताए। २०६९ सालमा पहिलो पटक उनले बालुवाको किनारबाट उठेर राखेपको कर्भडहलमा जिम्न्यास्टीकका लागि पनि व्यवसायिक अभ्यास हुँदो रहेछ भनेर महसुस गरेका थिए।

आफ्नै गाउँमा कला देखाएको भरमा एपिएफमा जागिर पाएपछि उनी पहिलो पटक  जिम्न्यास्टीकको अभ्यासका लागि कर्भडहल पुगेका थिए। तर पार्करमा रहर भएका दिनेशले गुरु नभएको मौकामा सो अभ्यास गर्थे। जिम्न्यास्टीकको फ्लोर इभेन्टमा राष्ट्रिय प्रतियोगितामा २०७० स्वर्ण जित्न सफल भएका उनले सातौं राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण जित्न सफल भएका थिए।

सातौंपछि विश्व रेकर्डमा ध्यान

जिम्न्यास्टीक र पार्करसँगसँगै लगिरहेको थिँए उनले। त्यसपछि उनले युट्वमा विश्व पार्करबाट हुने विश्व रेकर्डका भिडियोहरु हेर्न थाले। त्यहाँ वालमा बढि हान्न सक्ने उल्टी जम्प लामो दुरी सम्म हान्न सक्ने रेकर्डहरु देखे। दिनेश भन्छन ‘त्यसपछि सक्छु की जस्तो लाग्यो। अनि म त्यहि दिन बालुवामा आएर सक्छु की सक्दीन भनेर प्रयास गरिहेरे। त्यहि दिननै म रेकर्ड नजिक पुगेको थिँए। अनि सक्ने रछु भन्ने आत्मविश्वास आयो’, उनले थपे ‘त्यसपछि मलाई यो क्षेत्रमा लागिरहनु भएका थानेश्वर गुरागाँइ दाईले सहयोग गर्नु भयो। पहिलो विश्व रेकर्ड भएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा पनि मेरो चर्चा हुन थाल्यो। त्यसपछि मलाई पार्कर दिनेशका रुपमा चिनिन थालियो।’

विश्व रेकर्ड पश्चात अमेरीकाको निम्ता

पार्करमा विश्व रेकर्डपछि अमेरिकामा रहेको विश्व पार्कर संघले प्रतियोगितामा सहभागिताका लागि निम्तो पठाएको थियो। त्यहाँ ७० खेलाडीबिच प्रतिष्पर्धा भएको थियो। जहाँ उनले ८ औं स्थानमा आफुलाई उभ्याउन सफल भए। उनले भने ‘वाइल्ड कार्डमार्फत उहाँहरुले बोलाउनु भएको थियो। नेपालको पहिलो पार्कर सटिफाइड प्रशिक्षकको मान्यतापनि लिने पहिलो नेपाली समेत बन्न सफल भएँ। त्यसपछि २०१८ मा रेकर्ड बनाउन सफल भँए।’ हेर्दा चारवटा विश्व रेकर्ड भएपनि त्यसपछाडिको दुख उनका लागि विर्सनै नसकिने छ।

दिनेश भन्छन ‘विश्व रेकर्डका लागि असाध्यै दुख गर्नु पर्छ। मैले गरेको रेकर्ड तोड्न सजिलो छैन्। जुन धेरै मिहीनेत र लगावले संभव भएको हो।’

देश चिनाउने धोको

२९ वर्षका दिनेशले पार्करमार्फत देश चिनाउने सपना देखेका छन्। पार्करमा नेपालमा थोरै प्रगति भएको भएपनि उनले अब यहि क्षेत्रमा केहि गर्ने विश्वास लिएका छन्। तर उनले सरकारबाट पाउने साथले पार्करमा भविष्य देख्ने खेलाडीको जन्म हुने विश्वास राखेका छन्। उनी भन्छन ‘अब केहि वर्ष पार्करमा लागेर नेपालमा पनि पार्क खेललाई स्थापित गरौं भन्ने लक्ष्य छ। यसमा सबैको सहयोग रहने विश्वास लिएको छु।’ अहिले अमेरिकामानै रहेका उनले विश्व कीर्तिमानको भोक त्यागि नसेकेको भन्दै अझै थप विधाहरुमा निरन्तर प्रयास गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.