|

काठमाडौं : गाउँ विकास समितिका सचिवहरुले बढी भत्ता लिने गरेको फेला परेको छ। आफ्नै हात जगन्नाथ भनेझै जनप्रतिनिधिविहीनताको लाभ उठाउँदै गाविस सचिवले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिएको निर्देशन अटेर गरी तोके भन्दा बढी मासिक भत्ता लिँदै आएका हुन्। 

मन्त्रालयले तीनवटै स्थानीय निकायमा गरेको सघन अनुगमन विश्लेषण प्रतिवेदनले २०७३ मा गाविस सचिवले तोकेभन्दा बढी भत्ता लिएको पाइएको हो। प्रतिवेदनमा भनिएको छ ' मन्त्रालयबाट गाविस सचिवहरुले मासिक एक हजार ५ सय रुपैयाँसम्म भत्ता खान सक्ने गरी परिपत्र गरिएपनि अनुगमनका क्रममा केही गाविस सचिवले त्यो भन्दा बढी भत्ता लिने गरेको देखिएकाले प्रचलित कानुन तथा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न सबै गाविस सचिवलाई निर्देशन दिई त्यसको निरन्तर अनुगमन तथा सुपरीवेक्षण गर्ने।'

अनुगमनका क्रममा व्यक्तिगत घटना दर्ता किताबमा सचिवले हस्ताक्षर गरी अनिवार्य प्रमाणित गराउनुपर्नेमा त्यसो नगरी खाली रख्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। जाजरकोटमा गाविस सचिव असहयोगी र कम अनुशासित देखिएको, सामाजिक सुरक्षा भत्ता अपचलनको उजुरी आएको बताइएकोछ। रुकुममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको लगत अध्यावधिक हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। जिल्लाको १० करोड रुपैयाँ बेरुजु रहेकोमा अधिकांश सामाजिक सुरक्षा भत्ताको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.