|

काठमाडौं : जवरजस्ती करणी उद्योगम मुद्दामा तीन महिना भन्दा बढी थुनामा बसेर पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार रिहा भएका छन्। 

सोमबार अपरान्ह उनी डिल्ली बजार कारागारबाट छुट्दा सयौँ शुभचिन्तक जम्मा भएका थिए। कारागार भित्रबाट बिदाइ भएर निस्कँदा उनलाई प्रहरीले कडा सुरक्षा दिएको थियो।

महरालाई प्रहरी सुरक्षामा जेलबाट निस्कदा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको विपक्षमा नाराबाजी भएको थियो।

कारागार परिसर बाहिरको सडकमा जम्मा भएका उनका शुभचिन्तहरुले ‘एमसिसी मुर्दाबाद’, ‘राष्ट्रघाती परियोजना चाहिँदैन’ जस्ता नारा लगाएका थिए। 

महरा जेलबाट छुटे पनि उनले कुनै प्रतिक्रिया दिएनन्। जेलबाट रिहा भएपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.