|

हेटौंडा : जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बिहीबार संकटा क्लब काठमाडौंले वीरगंज युनाइटेडलाई टाइब्रेकरमा पराजित गरेसँग सेमिफाइनलको समीकरण पूरा भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो।

टाइब्रेकरमा संकटा क्लबका अमित तामाङ, राजेन्द्र रावल, विदेशी खेलाडी मेसेक एसी, दिपेश आले मगर गोल गरे। कप्तान एस्नेट ताम्पिले प्रहार गरेको बल गोलपोष्ट बाहिरियो। दर्शकको समर्थन पाएको वीरगंजका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए। संकटाका खेलाडीको आक्रमणलाई वीरंगजका गोलरक्षकले विफल बनाएका थिए। खेलमा म्यान अफ दी म्याच वीरगंजका कृपा चौधरी घोषित भए। उनले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन्। 

प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलको खेल हिमालय शेर्पा क्लब काठमाडौं र च्यासल युथ क्लब ललिचपुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले  नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.