|

काठमाडौं : राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी र भलिबल खेलाडी चन्द्रबहादुर कुँवर नगदसहित सम्मानित भएका छन्। सञ्जय स्मृति प्रतिष्ठान तानसेन-३ पाल्पाले काठमाडौंमा एक कार्यक्रम गरि चन्द्र र विनितालाई जनही नगद ३० हजारसहित सम्मान गरेको हो।

सन् २०१३ देखि २०१६ सम्म १२औं दक्षिण एसियाली खेलकुद (साग)सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका चन्द्रले घरेलु भलिबलमा पछिल्लो एक दशकदेखि नेपाल पुलिस क्बलबाट झण्डै ३ दर्जन प्रतियोगिता खेलिसकेका छन्।

यस्तैगरी, भलिबल खेलको माध्यमबाट सन् १९९९ देखि भलिबल खेलको माध्यमबाट देशको प्रतिनिधित्व गर्दै आएकी विनिताले सागमा तीनपटक सन् १९९९, २००६ र २०१६ मा कास्य पदक जित्दा दुई पटक कप्तानको भूमिका निभाएकी थिइन्। उनले सुरुमा पूर्वाञ्चल र पछिल्ला ७ वर्षदेखि नेपाल एपिएफ क्लबबाट खेलेकी विनिताले उच्च प्रदर्शन गर्दै अधिकांस प्रतियोगितामा उपाधि दिलाउन कप्तानी भूमिका निर्वाह गरेको भन्दै प्रतिष्ठानले प्रशंसा गरेको छ।

खेलाडीहरूलाई सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले सम्मान प्रदान गरेका थिए। सोही अवसरमा बंगलादेशमा सम्पन्‍न एभिसी सेन्ट्रेल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा एआइपिएस स्पोर्ट्स मिडिया अवार्ड विजेता खेलकुद पत्रकार प्रज्वल ओलीलाई समेत सम्मान गरिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.