|

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–९ झुल्केमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। गाडी शुक्रबार बिहान ३ बजे दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–९ का २४ वर्षीय भूपाल खत्री रहेको प्रहरीले जनाएको छ। उनको मेहलकुना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। 

उक्त दुर्घटनामा जिप चालक सिम्ता–९ कै २६ वर्षीय जीवन पुन, वडा नम्बर ५ का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सुर्यबहादुर रोकाय, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय वीरुनाथ योगी रहेका छन्। तीमध्ये चालक पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले जनाकारी दिए।

नेपालगञ्जबाट सुर्खेतको जामुने बजारतर्फ आउँदै गरेको लु १ ज ४०७९ नम्बरको जिप अनियन्त्रित भई सडकको बाया भित्तामा ठोक्किएको डिएसपी रावलले जनाकारी दिए। जिपके अगाडिको भागमा क्षति पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.