|

हेटौंडा : बागमती प्रदेशका सांसद केशव स्थापितले गाँजा खेतीसम्बन्धी विधेयक दर्ता गराएका छन्।

सांसद स्थापितले पहिलो गैरसरकारी विधेयकको रूपमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ मंगलबार दर्ता गराएका हुन् । प्रदेशसभामा ५३औं विधेयकको रूपमा यो विधेयक दर्ता भएको संसद सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए। 

संघीय संसदमा दर्ता भएको विधेयकको मस्यौदालाई नै परिमार्जन गरेर प्रदेशसभामा दर्ता गरेको सांसद स्थापित बताए। नेपालीको जीवनस्तर उकास्न र औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित गर्न विधेयक दर्ता गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.