प्रतिपक्षी कांग्रेसमाथि पनि बोलिन् धावा

|

नयाँ दिल्ली: आठ वर्षीया पर्यावरण कार्यकर्ता लिसिप्रिया कन्गुजम अहिले विश्‍व सञ्चारमाध्यमको समाचारमा छाइरहेकी छन्। 'अन्तरराष्ट्रिय महिला दिवस' मा भारतीय केन्द्र सरकारले ट्वीट गर्दै केही प्रेरणादायक महिलाको कथा सेयर गर्ने घोषणा गरेको थियो। लिसिप्रिया पनि यिनैमध्ये एक थिइन्। 

लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै धेरैपटक सोचेपछि उक्त अस्वीकार गर्ने निर्णय लिएको बताएकी थिइन्। 

पार्टीमाथि हमला

भारत सरकारको यस ट्वीटको जवाफमा लिसिप्रियाले धन्यवाद त दिइन् तर यो सम्मान स्वीकार गर्न मानिनन्। त्यसपछि कांग्रेसले लिसिप्रियाको आडमा मोदी सरकारमाथि हमला गर्‍यो। आक्रमक भएको कांग्रेसमाथि पनि लिसिप्रियाले प्रत्याक्रमण गर्दै ट्विट गरिन्। 

कांग्रेसले ट्वीटमा भनेको थियो, 'महिला सशक्तिकरणप्रति प्रधानमन्त्री नरेन्द्र मोदीका कुरा पाखण्डलाई बहादुर पर्यावरण कार्यकर्ता लिसिप्रिया कन्गुजमले नकारदिइन्।' 

लिसिप्रियाको प्रस्ताव सरकारले अस्वीकार गरिदिएपछि कांग्रेसले प्रधानमन्त्री मोदीलाई उनको आवाज सुन्‍नु कनै पनि ट्विटर अभियानभन्दा अधिक महत्वपूर्ण रहेको बताएको थियो।

त्यसपछि लिसिप्रियाले कांग्रेसमाथि पनि धावा बोलिन्। 'तपाईंहरु मेरोप्रति सहानुभूति सहानुभूति महसुस गर्नुहुन्छ, ठीक छ। खास कुरामा आउँ, लोकसभा र राज्यसभा दुवैमा चलिरहेको संसद सत्रमा तपाईंका कति सांसद मेरो माग स्वीकार्न तयार छन्? तपाईंहरु केबल ट्वीटर अभियानका लागि मात्रै मेरो नाम नलिनु होला, मलाई यो ठीक लाग्दैन। मेरफ आवाज कसले चाहिँ सुनेको छ?', उनले भनेकी छन्। 

कांग्रेस सांसद शशि थरूरले लिसिप्रियालाई जवाफ दिँदै ट्वीट गरे, 'प्यारी लिसिप्रिया, तिम्रो आवाज हाम्रो पनि आवाज हो। पछिल्ला तीन वर्षदेखि वायु प्रदूषणबारेमा बैठकहरु गरिरहेको छु। 'म नेशनल क्लीन एयर पोलिसी'को कुरा गरिरहेको छु। सन् २०१९ मा निर्वाचनअघि कांग्रेसले पर्यावरणबारे व्यापक विचार-विमर्श गरेको थियो। हाम्रो कुरा घोषणा पत्रमा छ, हामी कार्यान्वयन गर्छौं।'

कांग्रेस सांसदलाई जवाफ दिँदै लिसिप्रियाले लेखिन्, 'सर म तपाईंले चाँडो जवाफ दिएकोमा धन्यवाद दिन्छु। तर तपाईं मेरो मागलाई वायु प्रदूषण नीति आदिका कुरा गरेर यसबाट ध्यान हटाउने कोसिस गरिरहनु भएको छ।'

मोदीसँग आग्रह : मेरा माग सुनिदिनू

समाचार अनुसार लिसिप्रियाले पछिल्लो धेरै समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा सांसदहरुसँग जलवायु परिवर्तन कानुन बनाउने माग गर्दै आएकी छन्। उनले प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न मोदीसँग आग्रह गरेकी छिन्। 

उनले प्रधानमन्त्री मोदी र भाजपाका सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छिन । 

लिसिप्रिया सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित भएकी थिइन्। उक्त वर्ष नै उनले डा. एपीजे अब्दुल कलाम चिल्ड्रेन अवार्ड पनि जितिन्। भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्‍न क्षेत्रमा क्रियाशील महिलालाई सम्मान गर्ने क्रममा लिसिप्रियाको पनि मनोनयन गरेको थियो।

को हुन् लिसिप्रिया? 

मोदीको प्रस्ताव अस्वीकार गर्ने यी ८ वर्षीया बालिका लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मुद्दामा निरन्तर सक्रिय छिन्। 

लिसिप्रिया कञ्गुजमको जन्म २ अक्टोबर २०११ मा भएको हो। उनी एक भारतीय बाल पर्यावरण कार्यकर्ताका रुपमा चर्चित छिन्। 

उनलाई सन् २०१९ मा संयुक्त राष्ट्र विकास कार्यक्रममा ग्रेटा थनबर्ग र जेमी मार्गोलिनसँगै विशेष पर्यावरण कार्यकर्तामा रूपमा चुनिएको थियो। इन्डिया टाइम्सले उनलाई भारतको सबैभन्दा कम उमेरकी जलवायु कार्यकर्ताको दर्जा दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.