भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान शुरु भएको छ। मंगलबार ११ राज्य र केन्द्र शासित प्रदेशसहित कुल ९३ सिटका लागि मतदान शुरु भएको हो।
भारतीय समयअनुसार बिहान ७ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ। तेस्रो चरणमा आज गुजरातका २५ सिट, कर्नाटकका १४, महाराष्ट्रका ११, उत्तर प्रदेशका १०, मध्य प्रदेशका ९, छत्तिसगढका ७, बिहारका ५, असम र पश्चिम बंगालका ४-४ र गोवाका २ लगायतका सिटमा मतदान हुँदैछ। गृहमन्त्री अमित शाह लगायत १० मन्त्री तथा राज्यमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।
यसैबीच आफ्नो गृह क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै मतदान गरेका छन्।
भारतमा यसअघि १९ अप्रिलमा पहिलो चरणमा १०२ सिटका लागि र २६ अप्रिलमा दोस्रो चरणमा ८८ सिटका लागि मतदान भइसकेको छ। निर्वाचनको नतिजा जुन ४ मा आउनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।