|
फाइल तस्बिर

काठमाडौं : सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सर्तकता अपनाइरहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै विश्वका मुलुकले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल गर्दै आवश्यक क्वारेन्टाइनलगायतको व्यवस्था मिलाइरहेका बेला सरकारका स्वास्थ्यमन्त्रीले जनतालाईलाई आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन नमिल्ने तर्क गरिन्।

 'हाम्रो स्वास्थ्यमन्त्रीले नेपाली जनतालाई अपिल गर्नुको साटो अब विदेशबाट आएकाले क्वारेन्टाईनमा आफैँ बस्न पर्‍यो। आइसोलेसनमा आफैँ बस्नुपर्‍यो। सरकारले राख्न सक्दैन भन्दै गर्दा आज नेपाली जनता त्रसित छन्,' उनले भनिन्, 'यो मुलुकको स्वास्थ्यमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन म म ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय।'

कोरोना भाइरसको संक्रमणको जोखिमको त्राससँगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाइजरलगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराइन्।

त्यसैगरी, सांसद निरादेवी जैरुले कोरोनाको नाममा कालोबजारी मौलाएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले कोरोना संक्रमणको संभावित जोखिमको आकलन गरि काठमाडौंमा रहेका तथा विभिन्न क्षेत्रका विद्यालय र भवनलाई क्वारेन्टानको लागि तयारी अवस्थामा राख्ने व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.