समाज : सुरक्षा/अपराध

पत्याउनै मुस्किल! प्रहरी र पत्रकार मिलेर लुटपाट

हिरा लुटपाटपछि परे प्रहरीको फन्दामा

चैत १०, २०७६

    हेटौंडा :  मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन्।

    पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन्। मकवानपुरको कैलाश गाउँपालिका-५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए।

    लुटपाट भएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

    प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ। प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ।

    पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।  

     

अमृत चिमरिया

चिमरिया थाहा खबरका मकवानपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]