|

काठमाडौं : पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयेजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ। ७ सय ५० मेगावाटको यो आयोजना अघि बढाउन संयुक्त विकास उपक्रम (जेभीए) गर्न प्रारम्भिक सम्झौता गरेको चिनियाँ कम्पनीले यसेको अनुमादन नगर्द ढिलाइ भएको हो।

माघको पहिलो साता यसको जेभीए स्थापनामा २ पक्षबीच सहमति भएको थियो। चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेष्टमेण्ट कर्पोरेसनले आयोजना निर्माण गर्ने सहमति गरेको छ। ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत विद्युत प्राधिकरणको स्वपुँजी लगानी रहनेगरी भएको प्रारम्भिक सम्झौतालाई प्राधिकरणको सञ्चालक समितिले अनुमोदन गरिसकेको छ।

प्रारम्भिक सम्झौता गरी फर्केलगत्तै कर्पोरेसनले यसलाई अनुमोदन नगरी सरकारसँग केही कुरामा ग्यारेण्टी मागेर पत्र पठाएको थियो। पत्रको उत्तर लगानी बोर्डले चिनियाँ कम्पनीलाई दिइसके पनि छिटो अनुमोदन नगर्दा संयुक्त कम्पनी गठनमा ढिलाइ भइरहेको छ। बोर्डका महासचिव एवं प्रवक्ता मधु भेटुवालले चिनियाँ कम्पनीले फेरि पत्र वठाएर केही जानकारी मागे पनि त्यसको उत्तर पठाइसकेको जानकारी दिए।

चिनियाँ कम्पनीले आयोजनाको क्षमताबारृ प्रश्न गरेकोमा बोर्डले सुख्खायाममा ७ सय ५० मेगावाटमै बनाउनुपर्ने उत्तर पठाएको हो। हालै चिनियाँ कम्पनीले ७ सय ५० मेगावाटलाई घटाएर ६ सय मेगावाटमा झार्नेगरी प्राविधिक प्रतिवेदन तयार गरेको छ।

प्रसारणलाइनको समस्याबारे प्रश्न उठाएकोमा आयोजनास्थलबाट कोहलपुरसम्म डबल सर्किटको ४ सय केभीको प्रसारणलाइन निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीले यो सन् २०२१ सम्ममा निर्माण सम्पन्न हुने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.