सल्यान : सल्यानमा एकै घरका पाँच जनाालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला, माझखर्कमा ज्वरो आउनेलगायतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको हो।
भारतको सिम्ला, रुरुमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ वर्र्षीय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने शुरु भएको थियो। उनलाई अधिक ज्वरो नपाएपनि निरन्तर सामान्य ज्वरो आइ रहेपछि घरमा रहेका २७ वर्षीया श्रीमती, एक छोरी र दुई छोरालाई समेत अस्पतालको क्वारेन्टाईनमा राखिएको छ।
ती पुरुषमा सामान्य ज्वरो आउने लक्षण भएपनि अन्यमा कुनै समस्या नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार वुढाले जानकारी दिए। ‘सबैको अबस्था सामान्य छ, भारतबाट फर्किएका पुरुषमा मात्रै ज्वरोसँग मिल्दो जुल्दो लक्षण छ’ उनले भने।
उनका अनुसारमा ती पुरुषमा कोरोनाको संक्रमण भए नभएको बारेमा पत्ता लगाउन आज स्वाव परीक्षणका लागि कर्णाली प्रदेशबाट टोली आउँदैछ। प्रदेश सरकारले नमुना संकलन गर्नको लागि टोली आज सल्यान अस्पतालमा पठाउन लागेको छ। परीक्षणका लागी पठाएको नमुनाको रिपोर्ट नआएसम्मको लागि ती पाँचै जना जिल्ला अस्पतालमा रहेको क्वारेन्टाईनमा बस्ने अस्पतालले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।