|

गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले कार्यालयबाट दिँदै आएको सवारी पास मंगलबारदेखि सामाजिक सञ्जालको प्रयोगमार्फत दिने भएको छ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न उच्च सर्तकर्ता अपनाउँदै प्रविधिको प्रयोग गरी सवारी पास दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर सवारी चलाउन पाउने र सो पास जिल्ला प्रशासन कार्यालयमा स्वयं व्यक्ति आएर नलिई समाजिक सञ्जाल फेसबुक म्यासेन्जर, भाइबर र इमेलबाट लिन सकिने जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। पासका लागि पास लिने व्यक्तिले आवश्यक विवरण पठाउनुपर्ने र अवश्यकताको आधारमा पासको व्यवस्था गरिने पाण्डेले बताए।

पास लिन कार्यालयमा आउँदा समस्या हुने गरेको र कहिले काहीँ भीडभाड पनि हुने भएकाले प्रविधिलाई सदुपयोग गरी पासको व्यवस्था गरिएको हो। पासका लागि कारणसहितको निवेदन, सवारी प्रयोग गर्ने व्यक्तिको नाम, कहाँदेखि कहाँसम्म जानुपर्ने र सवारीको ब्लुबुक, सवारी चालक अनुमतिपत्रलगायतको प्रमाणहरु पठाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.