६ जना पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन सम्वाद

|
फाइल तस्बिर

काठमाडौं : कोभिड-१९ भाइरसको जोखिम रोक्न सरकार सक्रिय रहेका बेला पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्वाद थालेका छन्। 

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आइतवार ६ जना पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन सम्वाद गरेको जानकारी दिएका छन्।

'पूर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ', देउवाले सामाजिक सञ्‍जालमा भनेका छन्, 'आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको छु।'

देउवाले समृद्ध अर्थतन्त्रसहितको देश निर्माणको परिकल्पना एकादेशको कथा हुनेमा पनि चिन्ता जनाएका छन्। 'सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य, सभ्य, सु-संस्कृत एवम् कर्तब्यनिष्ठ समाज निर्माण, समाजवादउन्मुख समृद्ध अर्थतन्त्रको निर्माणको परिकल्पना एकादेशको कथा जस्तो हुने चिन्ता बढ्न थालेको छ', उनले अन्तिममा भनेका छन्।

कांग्रेसकै नेता डा. प्रकाशशरण महतले शनिबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मध्यवाधि निर्वाचन हुनुपर्ने बताएका थिए। देश संकटमा रहेका बेला निर्वाचनको कुरा झिकेर राजनीति गर्न खोजेको भन्दै उनको कडा आलोचना भएको थियो।

तर आइतवारदेखि देउवाले कोरोना भाइरसविरुद्धको राष्ट्रिय अभियानमा सबै राजनीतिक दललाई एक ठाउँमा उभ्याउन टेलिफोन सम्वाद थालेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.