|

लमजुङ : लमजुङमा स्वास्थ्य कार्यालयले दीर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि घरमै औषधि सेवा दिइएको छ। 

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि एचआइभी संक्रमित, क्षयरोगका विरामी, गर्भपरीक्षण, परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्तालगायत नियमिति औषधि सेवन गर्नुपर्ने व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित भएको भन्दै स्वास्थ कार्यलयले स्वास्थ्य संस्था र सम्वन्धित स्थानीय तहसँगै समन्वय गरी घरघरमै सेवा दिने व्यवस्था मिलाएको छ। 

लकडाउनको समयमा औषधि लिनका लागि स्वास्थ्य संस्थामा आउन कठिनाई हुने र आवत-जावतमा समस्या हुने भएपछि  स्वास्थ्य कार्यालयले लमजुङमा एचआइभी संक्रमति र क्षयरोगका विरामीलाई पायक पर्ने स्थान तथा घरघरमै औषधि सेवा उपलव्ध गराएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले वताए।

लमजुङमा एचआइभी संक्रमतलाई एआरटी सेवा दिँदै आएको एक मात्र स्वास्थ्य संस्था जिल्ला सामुदायिक अस्पताल र सामुदायिक हेरचाह केन्द्र लमजुङको सहकार्यमा संक्रमतिलाई घरमै औषधि पुर्‍याइएको छ।

जिल्ला सामुदायिक अस्पतालका एआरटी काउन्सिलर गणेश गुरुङका अनुसार जिल्लामा एआरटी सेवा लिनेको संख्या १ सय ६ रहेको छ। समाजमा विद्यमान कुरीति र कुप्रथा तथा अपमान हुने डरका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरूमा भने समस्या देखिएको गुरुङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.