बागलुङ : हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो।
कोरोना भाइरससँग लड्न लकडाउन भैरहेको र यो समयमा यार्सा टिप्नु चुनौति हुने भन्दै जिल्ला विपत व्यवस्थापन समितिले मुस्ताङले संकलनमा रोक लगाउने निर्णय गरेको त्यहाँबाट पत्रकार निरज थकालीले जानकारी दिए।
जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लो घेकर दामोरकुण्ड र थासाङ गाउँपालिकाका विभिन्न लेकहरुमा बैशाखदेखि असारसम्म यार्सागुम्बा टिप्न सुरू हुन्थ्यो। यार्सा संकलन गर्नेकार्य फुकुवा हुँदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले जानकारी दिए।
देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको अर्यालले बताए। लकडाउनको पूर्ण पालना गर्ने भन्दै यार्सा टिप्न रोक लगाईएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आश बहादुर थाकालीले जानकारी दिए।
मुस्ताङमा यार्सा टिप्न मनाङ, म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, लागायतका जिल्लाबाट धेरै मानिस यहाँ आउने गर्थे। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको निगरानीमा रहेको मुस्ताङ जिल्लामा यार्सा संकलन गर्न एक्याप अन्तर्गतको संरक्षण व्यवस्थापन समितिले यार्साको पुर्जी फुकुवा गर्ने गरेको अन्नपुर्ण संरक्षण कार्यालयका जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए।
जिल्लाका फरक÷फरक खर्कमा संरक्षण समितिले यार्सा संकलन गर्न आउनेहरुका प्रबेश शुल्क तोक्ने गरेको थियो। सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न मुस्ताङमा रोक लगाएको दाहालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।