|

काठमाडौं : सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सार्वजनिक निकायबाटै यसको उपयोग अनिवार्य गरेको छ। सुरुमा मन्त्रालय र मातहतका सार्वजनिक निकायबाट स्वदेशी वस्तुको उपयोग गर्दै सबै मन्त्रालयसम्म पुग्ने लक्ष्य सरकारको छ।

'सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्नेसम्बन्धी निर्देशिका- २०७१' ले तुलनात्मक रुपमा महङ्गो भए पनि स्वदेशी वस्तुकै उपयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। निर्देशिका कार्यान्वयन हुन नसक्दा लघु, घरेलु तथा साना उद्योगहरु सम्भावना भएर पनि छायाँमा परेका छन्।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अहिले मुलुकमा औधोगिकीकरणको समय आएकाले नेपाली उत्पादनको उपयोग गरेर सघाउन सबै मन्त्रालयलाई निर्देशन दिएका छन्। सोमबार आयोजित सबै मन्त्रालयका सचिवहरुसँगको छलफलमा मन्त्री जोशीले लगानीको सुरक्षा र व्यवसाय गरेर फाइदा लिन सकिन्छ भन्ने उदाहरण दिन स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने बताए। 

'बढ्दो व्यापारघाटालाई नियन्त्रण गरी स्वावलम्बी बन्नका लागि स्वदेशी वस्तुको उपयोग बढाउनुपर्छ,' मन्त्री जोशीले भने। एक महिनाभित्र निर्देशिका कार्यान्वयन गरी आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सहयोग गर्न मन्त्री जोशीको निर्देशन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.