|

काठमाडौं : अब डोपिङ परीक्षणका लाग भर्चुअल माध्यमलाई प्रयोग गरिने भएको छ। एन्टी डोपिङ एक्सपर्टहरुले पहिलेबाटै परम्परागत डोपिङ टेस्टको विकल्प खोज्नु पर्ने मत राख्दै आएका थिए।

खेलाडीलाई डिनर टाइममा ढोका ढक्ढक्याएर नमुना संकलन गर्ने कुरा अब्यभारिक नभएको उनीहरुको बुझाइ थियो। तर कोरोना भाइरसको महामारीसँगै अब भर्चुअल डोपिङ टेस्ट सुरु हुने छ । जसका लागि नमुना परीक्षण सुरु गरिएको छ। 

कोरोना भाइरसको महामारीसँगै डोपिङ कन्ट्रोल गर्ने अधिकारीहरु सामु खेलाडी परीक्षणका लागि विकल्प तयार गर्नु पर्ने आवश्यक्ता आइलाग्यो, त्यसपछि उनीहरुले भर्चुअल परीक्षणको विकल्प अघि सारे।

उनीहरुले एडभान्स नोटिस जारी गर्दै ब्लड र पिसावको नमुना अब घरबाटै पठाउन सक्ने छन्। खेलाडीका लागि डोपिङ परीक्षण अनिवार्य हो। कुनै शक्तिवर्द्धक औषधि सेवन नगरुन् भन्‍ने उद्धेश्यका साथ डोपिङ परीक्षणलाई कडाई गरिँदै आएको छ।

यद्यपि भर्चुअल टेस्टको प्रभावकारीता र विश्वसनियताको बारेमा प्रश्नहरु उठिरहेका छन। तर खेलाडीहरुको परीक्षण पुरानै अवस्थामा कहिले फर्किन्छन् भन्‍ने कसैलाई पनि थाहा छैन। अमेरिकी एन्टी डोपिङ एजेन्सीले दुई साता अघिबाटै एक नयाँ प्रयोग गरिरहेको छ। उसले खेलाडीका लागि निश्चित गाइडलाइन बनाएर एन्टी डोपिङको प्रयास गरिरहेको हो।

खेलाडीलाई सप

स्याम्पल परीक्षणका लागि खेलाडीलाई एक भिडियो लिन्क सुरुमा पठाइने छ। त्यसपछि खेलाडीलाई सपथ र एउटा कागजि प्रक्रिया पुरा गराइने छ। त्यसपछि खेलाडीलाई मेलमार्फत टेस्टीङ कीट उपलब्ध गराइन्छ। खेलाडीले सबै प्रक्रिया पुरा गरेपछि डोपिङ एजेन्सीको एक्प्रेस मेल (हुलाक) मार्फत स्याम्पल जम्मा गरिने छ। 

कसरी हुन्छ भर्चुअल टेस्ट

१.खेलाडीले मेलमा एक टेस्टीङ कीट प्राप्त गर्ने छन्
२.जुनसुकै दिनमा खेलाडीलाई डोपिङ परिक्षकबाट भिडियो कल आउने छ। 
३.खेलाडीले ब्यक्तिगत रुपमा हस्ताक्षर गरेर एकपटक भरेको फेरिफिकेशन डकुमेन्ट भिडियो कलमार्फत देखाइने छ। 
४. परिक्षकलाई भिडियो कलमार्फत खेलाडीले बाथरुमको परीक्षण गराउने छन् । जहाँ कुनै तेस्रो ब्यक्तिको उपस्थीती नहुनु पर्ने छ। 
५. त्यसपछि क्यामरा अफ गरिने छ र खेलाडीले एक सानो बटमा  पिसाव जम्मा गर्ने छन्।
६.क्यामेरा अन गरिने छ र टेम्प्रेचर मापन गरिने छ। जसमार्फत पिसाव फ्रेस भएको प्रमाणीत हुन सहयोग गर्ने छ।
७. पिसाव राखिएको बट सोही तापक्रममा रहने गरि टेम्पर प्रुफ लिडमामार्फत बन्द गरिने छ।
८. खेलाडीले क्यामरा अननै गरेर एक सानो डिभाइसमार्फत पाखुराबाट रगत संकलन गर्ने छन्।
९. क्यामरा अन भएको अबस्थामानै ब्लड संकलन गरिएको बट सिल गरिने छ।
१०. पिसाव र रगत दुबैको नमुनालाई युएसएडिएमा पठाइने छ।

एजेन्सीले यो प्रयोगका लागि खेलाडी खोजिमा धेरै मिहिनेत गर्नु पर्ने छैन। आगामी वर्ष टोकियो ओलम्पीकमा सहभागी हुने खेलाडीहरु यो प्रक्रियामा सहभागी हुने छन्। जसमा पौडिबाज, एथलेटिक्स खेलाडीहरु पनि रहेका छन्।

यो प्रयोगमा सफल पौडी खेलाडी काते लेडीकी, त्यस्तै धावक नोवा लेलिस, अलिसन फेलिक्स, इमा कोर्वन र अलीफाइन तुलिमुक रहेका छन्। भर्चुअल टेस्टका लागि थप दर्जनबढी तयार रहेको युएसएडिएका कार्यकारी प्रमुख ट्राभीस टाइगार्टले बताए।

उनले भने ‘हामी यो विषयमा धेरै अघिबाट तयारी गरिरहेका थियौं। कोभिड–१९ ले यो प्रक्रियालाई नजिक ल्याइदियो।’ यो प्रक्रियाले खेलाडीलाई मानसिक दबाब नहुने र परीक्षणमा सहजता हुने जनाइएको छ।

वर्षौबाट डोपिङका लागि आफ्नो अपार्टमेन्ट र कलेजको छात्रावासमा आउने डोपिङ अधिकारीहरुबाट स्याम्पल उठाउनु भन्दा यो प्रक्रिया ठिक भएको पाँचपटककी ओलम्पीक च्याम्पियन पौडिबाज लेडिकीको बुझाइ छ।

उनले भनिन् ‘स्याम्पल दिनमा कुनै समस्या थिएन् तर गत मार्चमा कोरोना फैलिएको अबस्थामा पनि डोपिङ अधिकारीलाई अपार्टमेन्टबाटै स्याम्पल दिनु परेको थियो जसले गर्दा मैले पुरै अपार्टमेन्ट सेनिटाइज गर्नु पर्यो‍। तर अहिलेको यो प्रक्रिया निकै राम्रो र सहज छ।’

यद्यपि खेलाडीहरु अहिले यो परीक्षणमा पक्ष र विपक्षमा बहस गरिरहेका छन्। कसैले भर्चुअल स्याम्पलिङलाई राम्रो बताइरहेका छन् भने कतिपयले यो प्रभावकारी नहुने मत राखेका छन्। दुई पटक विश्व एथलेटिक्स च्याम्पियन बनेका  नोआ लेलिस भने डोपिङ अधिकारीहरुको प्रत्यक्ष निगरानीमा हुने स्याम्लीङले बढी जवाफदेही बनाउने बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.