काठमाडौंः नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज बुधबार अष्ट्रेलिया जाने भएको छ। अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लैजान लागेको हो।
२ सय ६४ अष्ट्रेलियन नागरिक लिएर दिउँसो १: ३० जाने नेपाल वायु सेवा निगमको प्रवक्ता अर्चना खडकाले बताइन। उनका अनुसार जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने छ।
जहाज मलेसिया ट्रान्जिट भएर जानेछ। फर्कदा नेपाल सिधा उडान भर्नेछ। काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको राजधानी क्वालालम्पुर पुग्ने छ। त्यहाँ इन्धन भरेर उडेको करीब आठ घन्टामा अस्टेलियाको सिड्नी पुग्ने छ।
निगमको अर्को वाइडबडी जहाज फेरि स्वास्थ्य सामग्री लिन चीन जाने छ। खड्काका अनुसार ५: ३० मा बेइजिङ जाने भएको हो। निजि क्षेत्रको स्वास्थ्य सामग्री लिन जान लागेको हो।
त्यसैगरी, बैशाख ३० गते नेपाली कामदार लिएर कोरिया जाने उनले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।