|

कञ्चनपुर : लकडाउनको कार्यलाई प्रभावारी बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकामा ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ।
 

भीमदत्त नगरपालिका र रोवोटिक एसोसिएसन अफ नेपाल इन्जिनियररिङबीचको लकडाउन कार्यान्वयक गराउने सम्झौता भएको थियो। 

नगरपालिकाका १९ वटै वडामा ड्रोन क्यामेराको मद्दतले अनावश्यक आवतजावत गर्नेहरुलाई हटाउन, बजार क्षेत्रमा अत्यावश्यक बस्तुका लागि खोलिने पसलमा सामाजिक दूरी कायम गराइने नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । 

ड्रोन क्यामेराको मद्दतले लकडाउन उल्लंघन गर्नेहरुको पहिचान गरी कारबाही गरिने उनले बताए। ड्रोनबाट निगरानी राख्ने कार्य स्थानीय प्रशासनको समन्वयमा पाँच दिनसम्म हुनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.