समाज

अरुण तेस्रोका कामदार लुकाएर ल्याउने चालकसहित क्‍वारेन्टाइनमा

जेठ ३, २०७७

    संखुवासभा : खाँदबारी आइपुगेका अरुण तेस्रोमा कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखिएको छ। 

    लकडाउनको समयमा तरकारी बोक्न अनुमति लिएको गाडीमा ती जना मानिस लुकाएर ल्याउने चालक धीरज चौधरीसहित चार जनालाई खाँदबारी क्‍वारेन्टाइनमा राखिएको छ। चौधरीले यसअघि पनि यात्रु ओसारप्रसार गर्ने गरेका स्थानीयले बताए। फलफूल तथा तरकारीसहित तीन जनालाई जिल्ला बाहिरबाट आएको अवस्थामा प्रहरीले नाकामा समातेको हो। 

    खाँदबारी र चैनपुर नगरपालिकाको सिमानामा रहेको सभाखोला प्रहरी चेक पोस्टमा गाडी जाँच गर्ने क्रममा उनीहरु समातिएका हुन्। तीनै जनालाई खाँदबारीको वरुण बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक दिलीप श्रेष्ठले जानकारी दिए। 

    यसअघि भोटखोला र मकालु गाउँपालिकाबाट सामान बोक्ने ट्याक्टरमा बोराभित्र मानिस लुकाएर ल्याउँदै गर्दा चिचिला चेक पोस्टमा रहेका प्रहरीले समातेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]