बारामा साढे २२ हजार हेक्टरमा लगाइएको बालीमा क्षति

|

बारा : बैशाख पहिलो साता असिना पानीले क्षति पु¥याएको बाली र अमेरिकी फौजी किराबाट नोक्सान भोगेका मकै किसानले राहतमा रासायनिक मल पाउने भएका छन्।

निजगढ नगरपालिकाले वडा कार्यालयमार्फत संकलन गरेको क्षतिको विवरणका आधारमा नगरपालिकाले प्रतिकठ्ठा सात किलो रासायनिक मल दिने भएको हो। नगर कार्यपालिकाको बैठकले पाँच किलो युरिया र दुई किलो डिएपी मल दिने निर्णय गरेका नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिइन्। 

उनले भनिन्, ‘किसानलाई ठूलो क्षति भएको छ। नगरपालिकाले अहिलेलाई सानो सहयोग गरेको छ। थप राहतका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं।’

साढे २२ हजार हेक्टरमा क्षति

वैशाख पहिलो र दोस्रो साता आएको असिना र हावाहुरीले तरकारी, गहुँ, केरा, आँपलगायत बालीमा पु¥याएको क्षतिको विवरण संकलन गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

बारामा २२ हजार ५०० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पु¥याएको तथ्यांक संकलन भएको छ। १३ हजार २५३ हेक्टरमा लगाइएको गहुँमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जनाए। 

यसैगरी ४ हजार ८२ हेक्टरमा लगाइएको तरकारी खेतीमा पनि असर गरेको छ। यादवका अनुसार बारामा ५ हजार ४४३ हेक्टरमा तरकारी खेती गरिएको छ। ७० प्रतिशत मकै बालीमा पनि क्षति पुगेको छ। ४ हजार २९ हेक्टरमा लगाइएको मकैमा क्षति पुगेको उनले बताए। फलफूल खेतीमध्ये ६ सय ५८.५ हेक्टरमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.