|

दाङ : जिल्लाको गढवामा फेला परेका कोरोना संक्रमित २३ वर्षीय युवाले कोरोनालाई जितेरै घर फर्कने बताएका छन्‌। 

हाल कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ती युवा भारतको मुम्बईबाट कृष्णनगर हुँदै वैशाख ३१ गते दाङ आइपुगेका थिए। मुम्बईमा स्वास्थ्यजाँच गराउँदा आफूसहित २१ जनामा संक्रमण नदेखिएको र त्यहाँबाट गाडी, साइकल र पैदल हुँदै कृष्णनगर आइपुगेको ती युवाले जानकारी दिएका छन्‌। 

कृष्णनगरस्थित क्वारेन्टाइनमा आफूहरू पाँच दिन क्वारेन्टाइनमा बसेरै दाङ आएको, आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको, तर पछि चेकजाँच गराउँदा आफू संक्रमित रहेको थाहा भएको उनले बताए। 

‘म मा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन्’ उनले भने, ‘तर कहाँबाट संक्रमण भयो, थाहा भएन, यदी नेपाल सरकारले हामीलाई समयमै ल्याएको भए संक्रमण हुने थिएन होला।’

भारतमा लकडाउन सुरू भएपछि खाना र बस्नेको समेत समस्या भएको बेला घरबाट पैसा मगाएर चेकजाँच गराएको समेत उनले बताए। उनले भने, 'मलाई विश्वास छ, म कोरोनालाई जितेर नै घर फर्कन्छु, अहिलेसम्म कुनै समस्या देखिएको छैन।' कोरोना संक्रमित ती युवा कृष्णनगरबाट दाङको गढवासम्म गढवा वाणिज्य संघको एम्बुलेन्स चढेर आएका थिए। 

दाङमा अहिलेसम्म तीनजना संक्रमित फेला

बिरामीलाई उपचार गर्न काठमाडौं पुगेका दाङ तुलसीपुर ४ मजुवाका एक ४६ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। संक्रमित व्यक्तिलाई अहिले आइसोलेसनमा भर्ना गरी उपचार सुरू भएको छ।

ती पुरुषसहित दाङमा कोरोना संक्रमित पुष्टि भएकाको संख्या तीन पुगेको छ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतबाट आएका दुई जनालाई पिसिआर विधिबाट चेकजाँच गर्दा पोजेटिभ भएको पुष्टि भएको हो।

गढवा गाउँपालिकाका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना पुष्टि प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा ९१ जनाको स्वाब परिक्षण गर्दा शुक्रबार ८९ जनाको रिर्पोट नेगेटिभ आएको र दुई जनामा कोरोनो पोजेटिभ देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.