अस्पतालमा ठाउँ अभाव, उपचारमा समस्या

|
फाइल तस्बिर

रौतहट : जिल्लाका थप १० जना नयाँ कोरोना संक्रमितलाई स्थानीय प्रशासनले सीमा नाकाबाट सीधै क्‍वारेन्टाइनमा लगेको छ। उनीहरु रौतहट राजपुर नगरपालिका ९ फरदवाका ७ जना र इशनाथ नगरपालिका ५ का  ३ जना हुन्। 

भारतको गुजरात र मुम्बईबाट नेपाल प्रवेश गरेका उनीहरुलाई ५ दिनअघि प्रहरीले सम्बन्धित स्थानीय तहको क्‍वारेन्टाइनमा लगेका रौतटहका प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिए। उनीहरुलाई इशानाथ, परोहा र राजपुरमा रहेको क्‍वारेन्टाइनमा राखिएको छ। 

वीरगन्जस्थित नारायण उपक्षेत्रीय अस्पतालमा ठाउँ खाली नभएकाले उनीहरुलाई जनकपुर वा जिल्लाभित्रै राख्नेबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। १० जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। यसअघि इशनाथ, देवाही गुनाही र बृन्दावन नगरपालिकामा १÷१ जना संक्रमित फेला परेका थिए। उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.