|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले क्वारेन्टाइनमा मृत्यु भएका युवकको मृत्युअगावै किन परीक्षण नगरेको भन्दै केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। शर्माले आफ्नो ट्वीटरमा लेखेर प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै जिउँदैमा परीक्षण नगर्ने अस्पतालमा उपचार भनेका छन्। 

उनले लेखेका छन्,‘क्वारेन्टाइनमा मृत्यु । साँपले टोकेर? होइन। भुइँमा लडेर ,आगोले डढेर? होइन। हृदयाघात, मस्तिष्कघात या आत्महत्या? होइन 
जिउँदैमा न परीक्षण न अस्पताल न उपचार।केवल एक मान्छेको मृत्यु पनि।’

उनले सरकारले यो मृत्युको घटना सरकार छ त्यता भने थाहा भयो कि भएन भनेर व्यंग्य पनि गरेका छन्। ‘शतप्रतिशत मृत्यु हो,’ प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘सरकार छ त्यता कतै? के यहाँसमक्ष घटनाको थाहा पुग्यो?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.