समाज

बिरामीको बहानामा यात्रु ओसार्ने एम्बुलेन्सको लाइसेन्स खोसिने

जेठ १२, २०७७

    काठमाडौं : बिरामीको बहानामा एम्बुलेन्सहरुले यात्रु ओसार्न थालेका छन्। लकडाउनको समयमा कोरोना सम्भावित बिरामी र कोरोना संक्रमित बोक्न नमान्‍ने एम्बुलेन्सले यात्रु ओसारेको पाइएपछि कारवाही थालिएको हो। 

    कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो। 

    जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्र झाका अनुसार जिल्लामा सञ्चालित सञ्‍चालित एम्बुलेन्सहरुले बिरामीको बहानामा यात्रु ओसार्न थालेको पाइएपछि यस्तो निर्णय लिइएको हो।

    'समितिको बैठकले बिरामीका नाममा यात्रु ओसार्ने एम्बुलेन्स चालकलाई हदैसम्मको कारवाही गर्ने निर्णय लिएको छ', झाले भने, 'यात्रु ओसारेको भेटिएमा सम्बन्धित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर चालक अनुमतिपत्रसमेत जफत गर्ने निर्णय भएको छ।'

    काभ्रेमा करिब ७० वटा एम्बुलेन्स सञ्‍चालनमा छन्। एक साताअघि कोरोनाका कारण निधन भएकी सिन्धुपाल्चोककी युवतीको शव बोक्न कुनै एम्बुलेन्स तयार नभएपछि भक्तपुरबाट मगाउनुपरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]