काठमाडाैं : राष्ट्रिय प्रजाातन्त्र पार्टीले पनि संविधान संशोधनसम्बन्धी विधेयलाई समर्थन जनाउँदै पक्षमा मतदान गर्ने निर्णय गरेको छ। राप्रपाका तीन अध्यक्षहरुको बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
राप्रपा केन्द्रीय सचिवालय प्रमुखहरू धुव्रबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने राप्रपाले निर्णय गरेको जनाइएको छ।
भारतले अतिक्रमण गरेको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा अद्यावधिक गर्नसंविधान संशोधन गर्न लागिएको हो।
संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भइसकेको छ। कांग्रेसले समय मागेपछि आज दिउँसो २ बजेबस्ने संसद बैठकमा भने संविधान संशोधन प्रस्ताव पेश नहुने भएको छ।
यसअघि कार्यसूचीमा राखिएको संविधान संशोधन प्रस्तावलाई हटाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।