गुल्मी : लकडाउनका बेला सदरमुकाम तम्घासमा बुधबार भीडभाड देखियो। बैंक र बजारमा जात्रा नै लागेजस्तो गरी मानिसहरु जम्मा भएका थिए।
देशभर यतिबेला कोरोना सन्त्रास छ। उच्च सतर्कता अपनाउने र भिडभाड नगर्ने निर्णयलाई लत्याएर सदरमुकाम तम्घासमै मानिसहरुले जात्रा नै लागेजस्तो गरेका छन्।
जिल्ला प्रशासन कार्यलयले हप्ताको २ दिन आइतबार र बुधबार बैंकहरु सञ्चालन गर्ने निर्णय गरेसँगैको हो यो दृश्य। बुधबार तम्घासमा रहेका बैंकहरुमा थेगिनसक्नु भीड देखिएको थियो।
सामाजिक दूरी त के कुरा सेवाग्राहीहरु ठेलमठेलको अवस्थामा देखिन्थे। सेवाग्राहीहरुले फेरि बैंक खुल्दैनजस्तो गरी भीड गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।