|

रुकुम पश्चिम : मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दीपक केसी पक्राउ परेका छन्। वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोस्ट तोडफोड तथा प्रहरीमाथि अभद्र व्यवहार अभियोग उनीमाथि लगाइएको छ। 

उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट अभद्र व्यवहार अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

वडाध्यक्ष केसीले भने कामको सिलसिलामा आफू सिम्लीतिर जाँदै गर्दा लकडाउनको समयमा जान नमिल्ने भन्दै प्रहरीले रोकेको र भनाभन तथा सामान्य घटनाक्रम भएको बताएका छन्।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.