नयाँ महानिर्देशकको जिम्मेवारी सिंहलाई

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको सरुवा गरेको छ। उनलाई मन्त्रालय तानेर विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहलाई पठाएको छ।

त्यसैगरी व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालयमा तानिएको छ। मन्त्रालयले विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा सिंह र व्यवस्थापन महाशाखामा हाल राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ। 

मन्त्रालयले परोपकार प्रसुति गृह थापाथलीका निर्देशक डा. जागेश्‍वर गौतमलाई पनि मन्त्रालय सरुवा गरेको छ। उनको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ ओम्नी समूहलाई २० प्रतिशत महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ठेक्का दिँदा विवादमा तानिएका थिए। उनले नै पछि ओम्नीसँगको ठेक्का तोडेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.