राजनीति

लकडाउन नहटाउने, तर उद्योग, व्यावसायलाई सहज बनाइने

उच्चस्तरीय समिति मस्यौदामा छलफल, निर्णय भएन

जेठ २४, २०७७

    काठमाडौं : कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ। 

    समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश: सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् समितिसमेत सचिव रहेका नारायणप्रसाद विडारीले आर्थिक क्रियाकलाप विस्तारै सञ्‍चालन गर्नेबारेमा छलफल भएको जानकारी दिए।

    उनले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश: सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्‍चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा छलफल भएको बताए। आज उक्त मस्यौदामाथि कुनै निर्णय नभएको उनले बताए। फेरि बैठक बसेर निर्णयमा पुगिने उनले जानकारी दिएका छन्। 

    बिडारीले विभिन्‍न औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताए।

    पछिल्लो समय लकडाउन लम्बिँदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन्। समितिले भोली आइतबार बस्‍ने मन्त्रिपरिषद्को बैठकमा उक्त मस्यौता पठाउने तयारी गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]