फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ सम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटनाबारे जानक...
अफगानिस्तानको पश्चिमी क्षेत्रमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३२ जनाको ज्यान गएको छ।
बाढीका कारण अफगानिस्तानका ७ वटा प्रान्त अस्तव्यस्त भएका छन्। बाढीका कारण हज्जारौं घरमा क्षति पुगेको अफगान अधिकारीहरुले जनाएका छन्। बाढीले हजारौं सर्वसाधारण विस्थापित भएका छन्। फर्याव, बागधिस र हेरात क्षेत्र बढी प्रभावित भएको छ।
कमजोर पूर्वाधारका कारण बाढी प्रभावितसम्म मानवीय सहायता पुर्याउन समेत कठिनाई भएको स्थानीय प्रशासनले जनाएका छन्। गतवर्ष भोकमरीले आक्रान्त पारेका क्षेत्रहरुमा आएको बाढीले विपत्ति झनै थपिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।