मनिष अर्याल ललितपुर : इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधैँ त्यही बाटो भएर आफ्नो ...
ताप्लेजुङ : यतिबेला किसानलाई भ्याइनभ्याई छ। यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ। धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन्।
हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ। गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि यही बेला गाढा बन्छ।
यसमा पनि आज १६ औ धान दिवस। फुङलिङ नगरपालिकाको आयोजनामा फुनपा वडा नं ३ मा रोपाई कार्यक्रम समेत आयोजना गरिएको थियो। रोपाईमा फुङलिङ नगरपालिकाका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो। हिलो सँग उनिहरु निकै रमाएका थिए।
ताप्लेजुङमा रोपाइँ र हिलोसँग रमाएकाहरुको असारे जोश यस्तो देखियो :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।