|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई साइप्रसको एक ग्लोब्स कम्पनीले दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेकाे छ। ग्लोभ्स कम्पनी आरजीले तत्कालका लागि दुई वर्षे सम्झौता गरेको किरणले बताएका छन्।

नेपालबाट विदेशी भूमिमा समेत व्यावसायिक गोलरक्षकको भूमिका निभाउँदै आएका किरणले भारतीय क्लब मिनर्भा पन्जाबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् भने उनले माल्दिभ्सको शीर्ष डिभिजनको समेत अनुभव बटुलेका छन्।

उनले यसअघि व्‍यक्तिगत खर्चमा ग्लोब्स खरिद गरे पनि अब युरोपियन कम्पनीसँग जोडिएकाले यसलाई सुरुवाती रुपमा सकरात्मक मान्नुपर्ने बताए। आरजी कम्पनीले दुई वर्षका लागि प्रायोजन गरेको र पछि पनि निरन्तरता दिन सकिने उनले बताए। उनले अहिले कुनै रकमभन्दा आवश्यक सामग्री विशेष गरेर ग्लोब्स पाउने गरी सम्झौता गरेको जानकारी दिए।

किरणले बुधबार कम्पनीसँग औपचारिक रुपमा सम्झौता गर्दै आरजीसँग हरेक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउने सहमति गरेका हुन्। दुई वर्षको ग्लोब्सको प्रायोजन रकम करिब ६ लाख हाराहारी रहेको जनाएको छ। नेपाली गोलरक्षकले ग्लोब्सको प्रायोजन पाएको यो पहिलो अवसर हो।

त्यस्तै, कुनै पनि फुटबलरले युरोपियन कम्पनीसँग टाइ अप गरेको पनि यो पहिलो अवसर हो। उनले आफ्नो सुरुवातले अरु खेलाडीहरुलाई पनि फाइदा पुग्ने भन्दै सानो भए पनि सुरुवातलाई ठूलो मान्नुपर्ने बताए। विस्तारै थप अवसरहरू सिर्जना हुने किरणको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.