|

काठमाडौं : सरकारका प्रवक्ता डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबिरुद्ध तुच्छ टिप्पणीसहित अनर्गल प्रचारमा उत्रिएका भारतीय सञ्‍चारमाध्यमविरुद्ध कानुनी उपचारमा जाने बताएका छन्।

असार २३ का मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका खतिवडाले यस्तो बताएका हुन्।

उनले भारतीय सञ्‍चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उचित कदम चाल्ने उल्लेख गरे। 'मिडियाहरुमा प्रतिबन्ध लगाउनुभन्दा आफैं अनुशासनमा बस्‍ने भए पनि त्यसो हुन नसके कूटनीतिक संयन्त्र परिचालन गर्नुपर्छ', उनले भने, 'राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्छु।'

उनले भारतीय मिडियामा देखिएको नेपालबारेको अनर्गल प्रचार गर्ने प्रवृत्तिविरुद्ध उचित कदम चाल्नुपर्ने पनि उल्लेख गरे। 'भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृत्तिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने आवश्यकता छ।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.